ब्रेकिङ न्युज

nepal vs japan featured image for news

सुदुरपश्चिम प्रदेश 

२७ भदौ २०८१

सुदुरपश्चिम प्रदेशमा ३ दिन भारी वर्षा हुने पुर्वानुमान गरिएको छ। मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको भए तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापिय प्रणाली थप विकसित भई उत्तरपश्चिम तिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको छ । उक्त प्रणालीको प्रभाव विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा सक्रिय भई वर्षा हुने र सुदूरपश्चिम प्रदेशमा पनि यस प्रणालीको प्रभाव परी मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको भनी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मिति २०८१।०५।२७ गते साँझदेखि २०८१।०५।२९ गते बिहानसम्म सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भारी वर्षा हुने पूर्वानुमान भएको जानकारी गराएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: