ब्रेकिङ न्युज

nepal vs japan featured image for news

काठमाण्डौ

समय भारत र पाकिस्तान बिच दुई तर्फी रुपमा युद्ध शुरु भएको छ । भारतको जम्मु कश्मिर क्षेत्रमा भएको आतंकवादी हमलाको जवाफमा शुरु भएको उक्त युद्धको असर भने भारत पाकिस्तान लगायत विश्व जगतमै पर्ने सम्भावनालाई समेत नकार्न सकिदैन ।

लडाई शुरु भएकै केही दिन यता भारतमा चलिरहेको क्रिकेट लिग तथा पाकिस्तानमा चलिरहेको क्रिकेट लिग प्रतियोगितामा असर परेको छ । भारतको हिमांचल प्रदेश धर्मशालामा  हिजो राती संचालनमा रहको आईपिएलमा दिल्ली र पंजाबको खेल बिचमै स्थगित गरिएको थियो संचालक टोलीले प्राविधिक गडबढी कारण देखाउदै पहिलो ईनिङको १० ओभर पुरा भईसकेको खेललाई बन्द गरेको थियो भने पाकिस्तानमा संचालनमा रहेको पाकिस्तान प्रिमियर लिगमा समेत दुई देश बिचको आपसी दन्द्धको कारण असुरक्षा भएको भन्दै खेलाडीहरु फर्कन थालेपछि पाकिस्तान प्रिमियर लिगका बाकी खेल युएई मा हुने तय भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: