ब्रेकिङ न्युज

nepal vs japan featured image for news

काठमाण्डौ 

०७ जेठ २०८२ 

नेपाल राष्ट्र बैंकले १८ औ गभर्नरका रुपमा विज्ञ तथा योग्य समेत रहेका डा.विश्व पौडेललाई पाएको छ । डा.पौडेलको अनुभव तथा योग्यताको आधारमा हेर्दा गभर्नर बन्नै पर्ने व्यत्तित्व समेत हुन । यस अघि उनी २०७८ सालमा योजना आयोगको उपाध्यक्ष भएर झण्डै एक वर्ष भन्दा बढी काम गरिसकेको , अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकार भइसकेका अनुभव हुनुका साथै अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन् । प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा पौडेलको विज्ञता छ । 

गभर्नर हुनको लागी सर्वगुण सम्पन्नता हुदा हुँदै समेत पछिल्लो संसदीय चुनावमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका डा.पौडेल चितवन क्षेत्र न १ बाट पराजित भएका थिए । संसदीय निर्वाचन पश्चात् पार्टीको सदस्यता समेत त्यागेका पौडेल माथी काङ्ग्रेसबाट चुनावमै अगाडि परिसकेका नेतालाई गभर्नर बनाएको भन्ने सबैको चासोको विषय रहेको देखिएतापनी उनको कार्य अनुभव तथा शैक्षिक योग्यताले उनी माथी सम्पुर्ण नेपालीले भरोसा मान्नै पर्ने  समेत देखिन्छ । 

राष्ट्र बैंकका १८औ गभर्नर डा. पौडेलका अनुसार , “सुपरिवेक्षणलाई नै आफूले प्राथामिकतामा राख्ने बताएका छन् । ‘सुपरिवेक्षण बढाएर अर्थतन्त्र चलाउनुपर्ने मेरो मान्यता छ । कम नियम र बढी सुपरीवेक्षणमै म केन्द्रित हुनेछु ।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: