ब्रेकिङ न्युज

nepal vs japan featured image for news

१२ जेठ २०८२

महेन्द्रनगर

गत चैत्र महिनामा सुदुर पश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भए संगै सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा कानुन संकाय तेस्रो सेमिष्टरमा अध्ययनरत विद्यार्थी ईश्वर दत्त भट्टले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा स्ववियु निर्वाचन समयमा हुनु पर्ने भन्दै दायर गरेको रिटमा उच्च अदालतका माननिय न्यायधिस श्री दिनेश प्रसाद यादव तथा माननिय न्यायधिस श्री फुर्पा तामाङको संयुक्त इजलासले निवेदकको माग सहि रहेको माग अनुसार निर्वाचन प्रक्रिया सम्पन्न गराउन परमादेश जारी गरेको छ ।

 सुदुरपश्चिम विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमावली २०६९ को नियम १८९ बमोजिम सुदुरपश्चिम विश्वविद्यालयका प्रत्येक आङगिक क्याम्पसहरुमा एउटा स्ववियु निर्वाचन हुने भन्ने व्यवस्था रहेको छ । सुदुरपश्चिम विश्वविद्यालयको कार्यतालिका अनुसार प्रत्येक २ वर्षमा स्ववियु निर्वाचन गराईने उक्त निर्वाचनबाट निर्वाचित सभापति विश्वविद्यालय एन २०६७ को उपदफा () को () मा सु प वि को सभा सदस्य विश्वविद्यालय स्व वि यु सभापति समेत रहने व्यवस्था रहेको छ

सुदुर पश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनु नयाँ कुरा होईन । पछिल्लो पटक सुदुर पश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरु सहित अधिराज्यका कतिपय स्थानहरुमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो भने सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । सुदुर पश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा गत वर्ष चैत्र २७ गते हुनुपर्ने निर्वाचन केन्द्रिय क्याम्पसको निर्वाचन कार्यालयमा भएको तालाबन्दीको कारण देखाउदै स्थगित गरिएको थियो । सुपवि स्ववियु निर्देशिका २०७९को निर्देशन नं १२ को छ अनुसार कुनैपनि माग राखि वा निर्वाचनको बिषयलाई लिएर बन्द हडताल गर्न पाईने छैन भनि व्यवस्था रहेको भएपनि विश्व विद्यालय केन्द्रिय क्याम्पसले तालाबन्दी देखाई निर्वाचन स्थगित गर्ने परिपाटी बसेको पाईन्छ ।  

विद्यार्थी हकहितका लागी विद्यार्थीबाट नै प्रतिनिधी चुनिने उक्त निर्वाचन विश्वविद्यालय शुरु भएयता सम्पन्न भएको देखिदैन । जसकारण विद्यार्थीहरुको हकहित लगायत विद्यार्थी नेतृत्वबाट अगाडी बढने मुद्दाहरुमा स्वयम विश्वविद्याल केन्द्रिय क्याम्पसका विद्यार्थीहरु बन्चित हुनुपरेको देखिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: