ब्रेकिङ न्युज

nepal vs japan featured image for news

१३ साउन २०८२

कञ्चनपुर

नेपालकै मुख्य राजमार्गको रुपमा रहेको पुर्व पश्चिम राजमार्गको महेन्द्रनगर क्षेत्र लगायत जिल्लाका भित्रि सडकहरुमा छाडाँ चौपायाहरुको संख्या दिनदिनै बढदै गईरहेको देखिन्छ । ट्राफिक व्यवस्थापनको पक्षले हेर्दा सडक क्षेत्रमा गाईगोरुहरु हुनुले सडक दुर्घटनाहरु हुन सक्ने सम्भावना समेत उच्च रहेको देखिन्छ । हिन्दु धर्मका विभिन्न ग्रन्थहरुमा गाईलाई माताको रुपमा पुज्ने तथा सम्मान गर्ने गरिन्छ।

पछिल्लो समय विश्व हिन्दु महासंघले सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा तिब्र रुपमा आफ्ना कार्यक्रमहरु संचालनमा ल्याएको छ । कञ्चनपुर जिल्ला स्थायी बसोबास भएका युवा नेताका रुपमा चिनिने शिरोमणी कुमार ओझालाई महासंघले सुदुरपश्चिम प्रदेशको अध्यक्ष पदको जिम्मेवारी सुम्पेपछि कार्यक्रमहरुले तिब्रता पाएको हो ।

नेपालमा करिब ८०%  हिन्दु धर्मावलम्बिहरु बसोबास पाईन्छ , साथै हिन्दु धर्ममा आस्थावान रहेर राजनितिक रुपमा आफ्ना एजेण्डा बोकेका व्यक्ति तथा दलहरु समेत यहाँ भेटिन्छन । तर वास्तविक रुपमा दल तथा व्यक्ति जसका एजेण्डा  जेसुकै भए पनि त्यसले सामान्य रुपमा गाउँघरमा रहेका हिन्दु धर्मालम्बिहरुलाई भने समेट्न सकेको देखिदैन ।

हिन्दु धर्मावलम्बीहरुले माताको रुपमा पुज्ने, हरेक कार्य गर्दा दान गर्ने वा धर्मग्रन्थहरुमा उच्च दर्जामा रहेका गाई तथा गोरुलाई छाडा चौपायाका रुपमा सडकका पेटीहरुमा प्रयाप्त मात्रामा भेट्नु दुर्भाग्यका रुपमा हेर्न सकिन्छ । हिन्दु धर्मकै नाममा संघ संगठनहरुले संगठन विस्तारमा जोडबल गरेको देखिएतानि स्वयम् हिन्दु धर्ममा आस्थावान समुदायलाई समेत गाई माता हुन तिनको सम्मान गरिनु पर्छ भन्ने कुराको शिक्षा दिन नसकेको देखिन्छ ।

मातालाई सडकको बास कहिले सम्म हिन्दु संगठनबाट सडक पेटीमा बस्न बाध्य ति गाईगोरुहरुले कहिले धार्मिक सम्मान पाउँछन त भन्ने बिषयमा हिन्दु धर्मका नाममा खोलिएका संगठनहरु चासो कहिले जाने ?

किसानले आफ्नो बारीमा लगाएको खेतिबालीमा कहिले सम्म पालो पहरा दिदै रातभरि खेतका आलीहरुमा दौडिन बाध्य हुने भन्ने कुराको कुनै ठेगान आजपनि देखिदैन ।

सडकमा रहेका गाईगोरुहरुलाई व्यवस्थित गर्नमा हिन्दु स्वयम् सेवक संघले समाजका विभिन्न क्षेत्रमा गई जनचेतना फैलाउने लगायतका कार्यमा लामो समय देखि आफु र आफ्नो संगठन लागिरहेको तथा सडकमा यसरी गाई गोरुहरु देखिनुमा सबैभन्दा ठुलो गल्ति स्थानिय स्तरमा बसोबास गर्ने गाई गोरुलाई आफ्नो काम पर्दा राख्ने तथा काम सकिएपछि  छोडने मानिसहरुको रहेको बताउछन , हिन्दु स्वयम् सेवक संघमा आबद्ध प्रदिप पाल   ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: