ब्रेकिङ न्युज

nepal vs japan featured image for news

२२ असोज २०८२

काठमाण्डौ :

एसिया तथा ईष्टएसिया  छनौटमा मुख्य दाबेदार मानिएका चार देश जसमध्ये ३ टोलीले मात्र सन् २०२६ मा हुने विश्वकपमा भाग लिन पाउने छन ।

नेपालसन् २०१४ र २०२४२ पटक 
युएईसन् २०१४ र २०२२२ पटक 
ओमानसन् २०१६,२०२१ र २०२४३ पटक 
पपुवा न्युगिनीसन् २०२१ र २०२४२ पटक 

आज राती ८:४५ बजेदेखि नेपालले कुवेत संग टि२० विश्वकप २०२६ क्वालिफायरको लागि खेल खेल्दैछ । एसिया तथा ईष्ट एसियाका ९ वटा टिमहरु विश्वकप २०२६मा आफ्नो स्थान बनाउनको लागि एक अर्का संग प्रतिस्पर्धा गर्नेछन । नेपाल, युएई, कतार, ओमान, पपुवा-न्युगिनी, कुवेत, मलेसिया, जापान  र सामाओ ले ३ ग्रुपमा विभाजन भई एक अर्का संग खेल्ने र ३ वटै ग्रुपका मुख्य २ टोलीले सुपर सिक्समा प्रतिस्पर्धा गरि ६ मध्ये ३ टोलिमा पर्ने टिम विश्वकपका लागि छनौट हुनेछ ।

नेपालले आज कुवेत संग खेल्दैछ २ पटक टी२० विश्वकप खेलिसकेको नेपाल आईसिसीको रेन्किङमा १८औ स्थानमा रहेको छ भने हालसम्म विश्वकपको अनुभव नभएपनि आफ्नो पहिलो मौका बनाउन प्रयासरत रहेको कुवेत भने  आईसिसीको टि२० रेन्किङमा २३औ स्थानमा रहेको छ । छनौटमा एउटै समुहमा रहेको जापान भने पहिलो चोटि -क्वालिफायर्समा खेल्दैछ जापान हालको रेन्किङमा ६९ औ स्थानमा रहेको छ ।

एसिया तथा ईष्टएसिया प्यासिफिक छनौटमा रहेका टिमहरु मध्ये नेपाल युएई ओमान र पपुवा न्युगिनी बिच ३ स्थानको लागि प्रतिस्पर्धा हुने देखिन्छ । ९ टिमहरु मध्ये यी ४ टोली संग विश्वकप खेलेको अनुभव समेत रहेको छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक गरी २ पटक युएईले सन् २०१४ र २०२२ गरी २ पटक ओमान सन् २०१६,२०२१ र २०२४ गरि ३ पटक र पपुवा न्युगिनी सन् २०२१ र २०२४ गरि २ पटक टी२० विश्वकपमा खेलिसकेका छन ।

नेपालले आज २३औ रेन्किङमा रहेको कुवेत संग राती ८:४५ बजेबाट खेल्दैछ । नेपालले पछिल्लो केहि श्रृखलामा आफ्नो टी२० ईतिहासको राम्रो अनुभवहरु बटुल्दै केहि रेकर्ड समेत बनाईसकेको छ तर पछिल्लो टी२०मा नेपाल र कुवेत एक अर्का संग खेल्दा नेपाल ३ रनले कुवेत संग हारेको थियो । आज नेपालले पछिल्लो हारको समेत बदला लिदै कुवेतलाई ठुलो अन्तरले पराजित गरि छनौटमा आफ्नो बलियो उपस्थिति जनाउने छ भने कुवेत पनि नेपालमा जित निकाल्दै पहिलो चोटि विश्वकपको लागि आफु तयार रहेको जनाउ दिने शुरमा रहनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: